निर्वाचन आयोग देशी बिदेशी शक्तिको तुरुप बन्यो : राई

Rai

भक्तपुर । नेकपा एमालेको युवा नेता एवं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाए ।

उनले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संविधानको मर्म विपरित गएर काम गरिरहेको आरोप लगाएका हुन ।

उनले वर्तमान देउवा सरकाले जनआदेश र संविधान विपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए ।

बामगठबन्धन टुटाउन देशी विदेशी शक्ति लागिपरेको बताउँदै उनले भने जनताले पार्टी एकिकरण गर्न नसके पनि न्यूनतमा ५ वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अव एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् ।

एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी अध्यक्ष प्रचण्डको विकल्प नभएको भन्दै उनले नयाँ पुस्ता सक्ष्म भएता पनि बाम गठबन्धन भित्र केही ब्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भन्ने समय सापेक्ष नरहेकोे बताए ।

प्रदशे सरकारका लागि सबै भन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहेता पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचार मुक्त देश तर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गरे ।

अब केहि समयमै बन्ने १ नं प्रदेश प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...