डा.केसीको निशानामा प्रधानन्यायाधीश पराजुली, बाह्रौँ आरमण अनसन सुरु

Gobinda kc

काठमाडौं । प्रा. डा. गोविन्द केसीको बाह्रौँ अनसनको निशानामा प्रधानन्यायाधीश गोपाल पराजुली परेका छन् । उनले  पराजुली राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका  आरमण अनसन सुरु गरेका छन् ।

पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । केसीको अनसन ४ बजेबाट सुरु हुनेछ ।

अनसन सरू गर्नुृ भन्दा पहिले उनले पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । उनले भने ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’  ।

न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भनेका छन्, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन ।’

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् ।

चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...