प्रहरी हिरासतभित्रै झुण्डिएर मृत्यु

Suicide

झापा । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए । उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको बताइएको छ । इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले यादवले आत्महत्या गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...