तिलिचो ताल जाने उचित समय कहिले ?

मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।
बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।
आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिना देखि मंसिर अन्तसम्म बढी उपयुुुुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने मनाङ जिल्ला पर्यटन विकास संघका अध्यक्ष विनोद गुरुङले बताए ।
तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।
कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।
विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा देखिन्छ ।
हिजोआज यस ताल घुम्नका लागि बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् । यस तालमा पुग्नका लागि दुईवटा सिजनमध्ये गत असोज कात्तिकमा मात्रै करिब १२ हजारदेखि १५ हजार नेपाली पर्यटकले तिलिचो तालको अवलोकन गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवा बताउछन् ।
सम्बन्धित समाचार
कैलालीको घोडाघोडीमा सांस्कृतिक महोत्सव सुरु
कैलाली । कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ। मङ्सि...
कर्णालीका तीन जिल्लामा तारा एयरले सुरू गर्यो उडान
मुगु। लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्...
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
फुङ्लिङ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, ...
मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक
धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको ...
पर्यटकको रोजाईमा खैरहनीको ट्रि टावर : नपुग्ने पछुताउँछन्, पुग्ने रमाउँछन्
चितवन (माढी) । माढी नगरपालिका वडा नं. ४ मा रहेको एउटा डाडा, जहाँका माटो अत्यन्तै रातो छ । अलिअलि ...
प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरूले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्ने
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल न...
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...
प्रतिकृया दिनुहोस