विज्ञ टोलीको प्रतिवेदन नआउन्जेल रानीपोखरी पुनर्निर्माण १५ दिनका लागि स्थगित

Rani pokhari

काठ्माडौँ । महानगरपालिका, पुरातत्व विभाग र सरोकारवालाबीच बिहिबार बिहान भएको बैठकमा पुनर्निर्माणको काम १५ दिन रोक्ने निर्णय भएको महानगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

महानगरपालिकाले पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिले गठन गरेर १५ दिनमा समितिले आफ्नो प्रतिवेदन पेश गर्नेछ । समितिको प्रतिवेदन नआउन्जेल पुनर्निर्माणको सबै काम रोक्ने निर्णय भएको हो ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक रहेको विज्ञ टोलीमा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त साँगाक्षे, सम्पदाविद् प्राध्यापक डाक्टर सुदर्शनराज तिवारीलगायत ११ जना छन्।

रक्षामन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरका २७ र २८ वडाका अध्यक्ष र काठमाडौं महानगरको मेयरमा उम्मेदवार बनेकी रञ्जु दर्शनालाई टोलीको सल्लाहकार बनाउने पनि निर्णय भएको दाहालले जानकारी दिए।

यसअघि बुधबार संस्कृति मन्त्रालयले रानीपोखरीको काम तत्काल रोक्न लगाउन पुरातत्व विभागलाई निर्देशन दिएको थियो। प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको थियो। पुनर्निर्माण गर्दा महानगरले कंक्रिट प्रयोग गरी रानीपोखरीको पुरानो स्वरुप बिगार्न लागेको भन्दै आलोचना भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...