७ हजार हेक्टर क्षेत्र बाँझो

Bajho

कलैया । बाराको कूल ६९ हजार ९६३ हेक्टर क्षेत्र कृषियोग्य क्षेत्र रहेकामा ६२ हजार ८२३ हेक्टर क्षेत्रमा मात्र खेती हुने गरेको छ ।

७ हजार १४० हेक्टर क्षेत्र बाँझो रहेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताए । जिल्लामा एक हेक्टर क्षेत्रभन्दा कम जग्गा हुने ९४ हजार ३२४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३ हजार ६५६ घरधुरी तथा जग्गा नहुने ६६३ घरधुरी रहेको उनले बताए ।

सरकारले सामूहिक, करार र सहकारी खेतीको अवधारणा ल्याएकामा त्यससम्बन्धी ऐन कानून नभएकाले घोषित अवधारणा कार्यान्वयन हुन नसकेको बताइएको छ । वन जंगल ५२ हजार ५५९ हेक्टर क्षेत्र, चरन क्षेत्र २ हजार ९४९ हेक्टर र नदीनाला, पहाड ४ हजार ९२ हेक्टर रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...