एमालेभित्रै रहेर मधेशका अधिकार स्थापित गर्छु : सांसद गुप्ता

Gupta

 

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं २ का नवनिर्वाचित सांसद वृजेशकुमार गुप्ताले राजपा परित्याग गरी स्वतन्त्र समूह घोषणाबाट निर्वाचनमा उत्रिएको आफूलगायत आफ्नो समूहले नेकपा (एमाले) भित्र रहेर मधेश र मधेशीको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताए । 
सोमबार आजसञ्चारकर्मीसँग कुरा गर्दै नेता गुप्ताले तराई मधेशका दलित, जनजाति, आदिवासी, मुसलमानलगायत पछाछि परेका वर्ग समुदायको अधिकारका लागि एमाले नै उपयुक्त पार्टी भएका कारण आफूहरूको रोजाइ पनि एमाले नै रहेको बताए । 

“सो सम्बन्धमा एमाले नेतृत्वसँग निर्वाचनअघि नै सहमति भएको र अब त्यसको कार्यान्वयनको पक्ष बाँकी छ”, सांसद गुप्ताले भने, “हामी टेबलमा बसेर समस्या समाधानको प्रयास गछौँ ।” 

वर्तमान संसद्मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेका कारण आफूहरूले तराई मधेश र पिछडिएको वर्ग समुदायका पक्षमा उठाएका विषयको सम्बोधन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...