म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन : प्रहरी प्रवक्ता न्यौपाने

Manoj neupane

 

काठमाडौँ । नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । अाइतवार आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताए । 

उनले भने– “सबैलाई आधारभूत तलव मासिक रु १७ हजार २३० का दरले दिइएको छ । यस्तै, रासन र स्थानीय भत्ता सुविधा फरक÷फरक जिल्ला र एउटै जिल्लाभित्र पनि फरक÷फरक सुविधा तोकिएअनुसार सुविधा दिइएको छ ।” 

शुक्रबार तोकिएको भन्दा कम सेवा, सुविधा पाएको भन्दै कालिकोटमा म्यादी प्रहरीले आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । कालिकोटमा म्यादी प्रहरीलाई दिने भनिएको सवै सेवा, सुविधा दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

कालिकोट घटनाको सम्बन्धमा छानविन समिति गठन गरिएको र समितिले काम सुरु गरिसकेको उनले बताए । म्यादी प्रहरीको भर्ना खोल्दा तोकिएकै सेवा, सुविधाअनुसारको रकम बैंकमार्फत उनीहरुको खातामा पठाइएकोे उनको भनाइ छ । 

सरकारले ५५ दिनका लागि ९८ हजार २६८ म्यादी प्रहरीका लागि भर्ना माग गरेको थियो । निर्वाचन अवधिभर एक हप्ताका लागि प्रतिदिन रु २५० का दरले विशेष भत्ता, रासन र सात दिनकै लागि प्रतिदिन रु २५० का दरले खाजा÷खाना खर्च उपलब्ध गराएको थियो । 

यस्तै, सेवा अवधिभर घाइते भएमा उपचार खर्चवापत रु एक लाख ५० हजार र मृत्यु भएमा रु १५ लाखको बिमा गरिएको थियो । यस्तै, पोशाक भत्ताबापत रु चार हजार र खटिएको ठाउँमा जान रु एक हजार खर्च उपलब्ध गराइएको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...