वेलहरावासीले लगाइदिए राईलाई ५१ केजीको माला
धनकुटा । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद राजेन्द्र राईलाई बेलहरावासीले ५१ केजीको माला लगाइदिएका छन् ।
२१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभको निर्वाचनमा विजयी भएका राईलाई धनकुटा नगपालिका वडा नं. ९ का जनताले सफलताको शुभकामनासहित ५१ केजीको माला लगाइदिएका हुन् ।
राईको सम्मानमा आयोजना गरिएकोल बधाई तथा शुभकामना कार्यक्रममा नौमति पन्चेबाजा बजाउँदै राईलाई वडा अध्यक्ष सन्दिप रायमाझीसहित स्थानीयले ५१ केजीको माला लगाइदिएका थिए ।
५१ केजीको माला जनताको छोरालाई लगाई दिएको र यसले राईलाई जनतामा समर्पित हुन सजिलो होस भन्ने अपेक्षा गरिएको वडाध्यक्ष रायमाझीले बताए ।
सो अबसरमा सांसद राईले बेलहरामा एयरपोट बनाउने र बेलहरा डाँडासम्मको बाटोलाई कालोपत्र गर्न बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
प्रतिकृया दिनुहोस