कालीकोटमा कफ्र्यु, दुई दर्जन घाइते

Kalikot 8

कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ ।

धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् । स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।

घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का ऐडीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...