नवलपरासी पुगेर प्रचण्डले गरे सरकार नबन्नुको नयाँ खुलासा

उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस भयो तर, उपेन्द्र उता छाडेर आउन सक्ने अवस्था छैन

Parchand

काठमाडौं । मंसिर१० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको लामो समयसम्म पनि नयाँ सरकार नबन्नुको नयाँ रहस्य खुलेको छ ।

निर्वाचनमा वाम गठबन्धन बनेर निर्वाचनमा भाग लिए पनि सबैभन्दा ठूलो दल नेकपा एमालेले नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसले भाँजो हालिरहेको दावी गरिरहेका बेला एकीकृत माओवादी केन्द्रका अध्यक्षले नयाँ सरकार गठन हुनमा भइरहेको ढिलाईबारे नयाँ रहस्य खोलेका छन् ।

प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गर्दा नयाँ सरकार गठनमा ढिलाई भइरहेको आरोप लगाएका छन् ।

नवलपरासीको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भए पनि माओवादी निर्णायक रहेको बताए । उनले एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार गठन गर्न खोजेका कारण पनि केही समस्या आएको खुलासा गरे ।

‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने अवस्था छैन’ प्रचण्डले भने, त्यस्तो अवस्था आउँदा माओवादी विना वामपन्थीको सरकार बन्दैन ।’ समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ । यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ ।

तर प्रचण्डले पार्टी एकता गर्न जनताले मत दिएकाले कसैले रोक्न नसक्ने तर्क गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...