कालो धान : एक रोपनीमा आठ क्विन्टल उत्पादन

Kalo dhan

अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ ।

यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन ८ क्विन्टल भएको उनले बता ए ।

यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने बताए । यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उनको भनाइ छ ।

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने साउदको भनाइ छ ।

कृषकलाई कालो धानको बीउ वितरण गरी यो गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यसको भात खाएमा चिनी रोग र उच्च रक्तचापसमेत निर्मूल हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...