ट्रक दुर्घटनामा चालकको मृत्यु

Thumbnails2 hamro sindhuli acc

धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबौनिया कैलालीका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा परी चालक दाङ जिल्ला लमही नगरपालिकाका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीररुपमा घाइते भएका छन् । घाइतेलाई तत्काल बर्दगोरिया अस्पताल बौनियामा उपचारका लागि लगिएकामा थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ ।

दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ आउँदै गरेको सो ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक सडकबाट चिप्लिएर दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...