कालीकोटमा १ म्यादीको मृत्यु, प्रहरी विट जलाइयो

Kalikot

कालीकोट । म्यादी प्रहरी र प्रहरी बीचको झडपले उग्र रुप लिँदा कालीकोटमा एक जनाको मृत्यु भएको छ । प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

सरकारले दिएको तलव प्रहरी प्रमुखले कटाएपछि म्यादी प्रहरी आन्दोलनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरकिो मृत्यु भएको छ ।

आन्दादोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीको गोली लागी शान्नी त्रिवेणी गाउँपालिका ५, तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको मृत्यु भएको हो । ऐडीको टाउकोमा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा ३ हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए । दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाएका थिएनन् । आधा घण्टापछि मात्रै उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए ।

१ जनाको मृत्युपछि आक्रोशित बनेका म्यादी र स्थानीयले सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...