हसिना सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

Morang 44

मोरङ । सुन्दरपुर–६ स्थित हसिना सिमसार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।

हसिना सिमसार क्षेत्रको पछिल्लो समय दु्रतगतिमा विकास भइरहेको छ । हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताए । 

अध्यक्ष न्यौपानेले भने, ‘यस सिमसार क्षेत्रलाई पूर्वाञ्चलकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी काम गरिरहेका छौँ ।’

बाह्रैमहिना बगिरहने जरुवा पानीको मूल रहेको सो सिमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु, र पशुपक्षीको बासस्थान रहेको सो स्थान पर्यटकीय क्षेत्र मात्र हैन वनभोज, अध्ययन–अनुसन्धान र अवलोकन लागि समेत उत्तिकै उपयोगी छ ।

केही वर्षयता नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागि बजेट विनियोजन गरी आकर्षक गन्तव्यका रुपमा विकास गरिरहेको छ । सो क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिल्ला समन्वय समितिको ३१ लाखमा कलात्मक पानी ट्यांकी, शान्तिका अग्रदूत बुद्धको जन्मदेखि मृत्युसम्मका विभिन्न अवस्था समेटिएको छ ।

यहाँ पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष न्यौपानेले बताए । आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतिक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको स्थानीयवासी पारस पौडेल बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...