स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्

Baitadi

बैतडी । जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका ५ वटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् ।

जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन् ।

स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिइदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले उनीहरू जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिए ।उनले भने, ‘स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा शिक्षाका कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।’

दलित छात्रवृत्ति, अपांग छात्रवृत्ति र भौतिक निर्माणका कामबाहेक सबै स्थानीय तहले गर्ने र त्यसमा शिक्षाका कर्मचारीको प्रतिनिधित्व हुनु आबश्यक थियो तर स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउने विषयमा केन्द्रमै सहमति हुन बाँकीे छ ।

बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...