पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षित गर्दै जमुनावासी
पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुङ्गा सञ्चालन गर्न थालेको हो ।
यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण निर्माण थालिएको दुई वर्षभित्रमै आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो मानिएको यो पोखरी ५० रोपनीमा फैलिएको छ ।
“डुङ्गामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी समय लाग्छ”– समितिका अध्यक्ष युवराज भट्टराईले भन्नुभयो, “यस क्षेत्रमा पोखरीमा डुङ्गा सयर गर्न स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने क्रम बढ्दो छ ।” पोखरीमा डुङ्गा सञ्चालनमा ल्याइएपछि दैनिक ५० जनादेखि १०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष भट्टराईले बताए ।
दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र डुङ्गाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ ।
ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी गरेका छन् । पोखरीमा माछापालन शुरू भएपछि आगन्तुकलाई थप आकर्षणको केन्द्र भएको छ ।
तराईमा पाइने सारसलगायत विभिन्न चराचुरूङ्गीसमेत पोखरीमा आउने क्रम बढेको छ । पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छ । पोखरी निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाम, जिल्ला भूसंरक्षण कार्यालयले सहयोग गरेका छन् ।
सम्बन्धित समाचार
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
फुङ्लिङ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, ...
मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक
धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको ...
पर्यटकको रोजाईमा खैरहनीको ट्रि टावर : नपुग्ने पछुताउँछन्, पुग्ने रमाउँछन्
चितवन (माढी) । माढी नगरपालिका वडा नं. ४ मा रहेको एउटा डाडा, जहाँका माटो अत्यन्तै रातो छ । अलिअलि ...
प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरूले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्ने
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल न...
न्यून वातावरणीय क्षतिमा निजगढ विमानस्थल बनाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउनका लागि अनुमति दिएको छ । बुधबार सर्वोच्चले वि...
पर्यटनमन्त्री आलेविरुद्ध उजुरी
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको ...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस