पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम

Photography

पोखरा । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ ।

गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका गरी ३५ जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक भएको बताउँदै उनले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका लागि फोटोग्राफी एवं भिडियोग्राफी तालीम आवश्यक रहेको महसुस गरी तालीम प्रदान गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...