भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती
जाजरकोट । यहाँको कुशे गाउँपालिका ५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ ।
स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले बताए ।
भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवा–युवतीले सकारात्मक सन्देश दिएको स्थानीयवासी रामबहादुर पुनले बताए ।
प्रतिकृया दिनुहोस