संरक्षण नहुँदा पाल्पाको ‘रामगुफा’, ओझेलमा

Rampur gupha

पाल्पा । पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको गुफा संरक्षण नहुँदा ओझेलमा परेको छ ।

रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रमा निकै प्रचुर सम्भावना बोकेको छ, तर यसको संरक्षण, विकास र प्रवद्र्धनमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन 

यस गुफाभित्र शंखाकार तथा विभिन्न भगवान्का आकृति रहेका छन् । झण्डै ५० मिटरको लम्बाइमा फैलिएको गुफाको संरक्षण नहुँदा यहाँ चमेराले यसलाई वासस्थान बनाउँदै आएका छन् ।

भगवान् रामले तपस्या गरेको यस गुफाका विषयमा प्रचारप्रसार नहुँदा यसको धार्मिक, पर्यटकीय महत्व नै ओझेलमा पर्दै गइरहेको छ । यसले गर्दा रामगुफाको सट्टा कतिपयले चमेरे गुफा पनि भन्ने गरेको पाइन्छ ।

यहाँका स्थानीयवासी नै गुफाका विषयमा अनभिज्ञ छन् । यस गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् ।

गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताए । अब रामपुर नगरपालिकासँग सहयोग माग गरेर गुफा संरक्षणतर्फ लाग्ने उनले बताए ।

गुफासम्म जाने बाटो, गुफा वरिपरिको क्षेत्र सरसफाइ, गुफाले ओगटेको जमिनको बाहिरी भाग घेराबार, गुफाभित्र भगवान् रामको मन्दिर निर्माणलगायतका काम तत्काल गर्न सकेमा पनि यहाँ पर्यटकको आवागमन ह्वात्तै बढ्ने प्रचुर सम्भावना छ । अहिलेसम्म यहाँ गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको छ ।

रामगुफा रामपुरको पर्यटन विकासका लागि एक बलियो मेरुदण्ड हो । यसको पर्यटन प्रवद्र्धनले गति लिन नसक्दा पर्यटकको नजरमा यो आफैँ ओझेलमा परिरहेको छ । यहाँसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका विषयमा जानकार भए पनि खासै चासो दिएको पाइँदैन ।

गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...