फेल भएपनि अस्थायी शिक्षकलाई सुविधा दिने तयारी
काठमाडौं । बाढि पहिरोका बहाना बनाएर शिक्षक सेवा आयोगले अन्तिम समयमा परीक्षा सारेको दोश्रो दिनमा मन्त्रालयले परीक्षामा फेल भएपनि सुविधा पाउने ब्यवस्था सहित ऐनको नवौं संशोधन विहीबारै संसदमा दर्ता गर्ने अन्तिम तयारी गरेको छ ।
अस्थायी शिक्षकका लागि गरिएको ब्स्थामा परिमार्जन गर्दै शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधनको तयारीमा लागेको हो ।
२०६७ साल माघ ९ गते देखि २०७३ चैत १९ सम्मका अस्थायी शिक्षकका हकमा आन्तरिक ६० र खुल्ला ४० प्रतिशत हुने ब्यवस्था संशोधनमा समेटिएको छ ।
यस्तै संशोधनमा २०६१ साउन २१ देखि २०६७ माघ ९ गते सम्म नियुक्ति भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउने ब्यवस्था मिलाईएको छ ।
अस्थायी शिक्षकको ब्यवस्थापनका लागि आठौं संशोधनमा भएको परीक्षा र गोल्डेन ह्याण्डसेक मध्ये एक रोज्नु पर्ने ब्यवस्थालाई परिमार्जन गरेर परीक्षामा फेल भएपनि सुविधा पाउने गरी ग्यारेण्टि गरिएको छ ।
यस ब्यवस्था अनुसार २६ हजार अस्थायी शिक्षक मध्ये सुविधा त्यागेर १५ हजार ६ सय ९७ ले परीक्षा रोजेका छन् ।
आठौं संशोधनमा परीक्षा नरोजी गोल्डेन ह्याण्डसेक रोज्ने अस्थायी शिक्षकलाई अधिकतम सेवा अवधि बीस वर्ष मानी तिन तहको सुविधा दिने ब्यवस्था छ ।
५ वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम, १० वर्ष भन्दा बढी १५ वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी १ महिनाको तलब बराबरको रकम र १५ वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकमदिने व्यवस्था गरीएको छ ।
प्रतिकृया दिनुहोस