उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्छ: प्रधानमन्त्री देउवा
वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताउनुभएको छ ।
पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड दिएमा मात्र विश्वविद्यालयका उद्देश्यहरू हासिल हुने बताए ।
पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले देशको प्रमुख पर्यटकीयस्थल, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल एवम् सात तालको वाटिका शहर लेखनाथमा अवस्थित सो विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको उद्घाटन तथा प्राज्ञिक भवन कम्प्लेक्सको शिलान्यास कुलपतिको हैसियतमा आफूले २०५८ साल माघ ७ गते गरेको स्मरण गर्दै अहिले विश्वविद्यालयले गरेकोे विकास, विस्तार र दायरा फराकिलो भएको पाइएकोमा खुशी व्यक्त गरे ।
उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले लगभग ३० हजार विद्यार्थीले अध्ययन गर्ने र बर्षेनी लगभग पाँच हजार दक्ष एवम् सीपयुक्त जनशक्ति उत्पादन गरेको यो विश्वद्यालयको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सभामा उपकुलपति प्रा चिरञ्जीवी शर्माले प्रस्तुत गर्नुभएको वार्षिक नीति र कार्यक्रममा प्राप्त सुझाव समेटेर १० दिनभित्र कुलपतिले पारित गर्ने निर्णय भएको जनाएको छ ।
सम्बन्धित समाचार
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अधिवेशन, गोविन्द राई अध्यक्ष चयन
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले ...
आजदेखि एसइई सुरु, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी परिक्षामा सहभागी
धनकुटा । आजदेखि माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस...
एसइइको सम्पूर्ण तयारी पूरा, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने
धनकुटा । भोलीदेखि हुने माध्यमिक विद्यालय परिक्षा एसइइको सम्पूर्ण तयारी पूरा भएको छ । यो वर्ष धनकु...
भीरगाउँको टंक माविमा विद्यार्थीलाई टाइम कार्ड, विद्यार्थीले लगाउँछन् जातीय पोशाक
धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक विद्यालयले विद्यार्थीलाई टाइम का...
गोकुण्डेश्वर माध्यमिक विद्यालयको ९२ औं बार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित
धनकुटा । धनकुटाको पुरानो विद्यालयको रुपमा चिनिएको गोकुण्डेश्वर माध्यमिक विद्यालयले आफ्नो ९२ औं बा...
धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित
धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...
प्रतिकृया दिनुहोस