बाढीका कारण १ सय ११ को मृत्यु : गृहमन्त्री

Home ministry

 

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १ सय ११ को मृत्यु भएको जानकारी दिए ।

व्यवस्थापिका–संसद्को मंगलबार बैठकमा उनले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौँ घर डुबानमा परेको, ३५ हराइरहेको र हजारौँ जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको छ ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई २ लाख र घर मर्मत गर्न १० हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गरे ।

‘सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ । ’

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...