दुतावासले मेरो दाह्री जुँगा हेरेर भिसा दिएन
बाँचे ठीकै छ, नबाँचे गुनासो छैन
काठमाडौं । संघर्ष हो जीवन । भोगाई हो जीवन । संघर्ष र भोगाईको संगम हो जीवन । र, यहीबाट जीवनको वास्तविक जीवनको सुरुवात हुन्छ । र अन्त्य पनि ।
एक जना दलित समुदायका पात्र, जो सानै उमेरदेखि जीवनसँग संघर्ष गर्दै आए । अहिले फेरि उनी नजिक आइरहेको मृत्युसँग संघर्ष गरिरहेका छन् ।
उनी हुन् दलमर्दन कामी अर्थात् सबैले उनलाई मोसा भनेर चिन्छन् । उनी उमेर ४६ मात्र लागेका छन् । तर, नपत्याउने तरीकाले कालको मुखमा पुगिसकेका छन् । उनी आर्थिक अभावका कारण मात्रै होइन, उपचारको व्यवस्थापनको अभावले पनि कालको मुखमा पुगेका छन् ।
उनलाई नेपाली दलित समुदायले आन्दोलनकर्मीको रुपमा चिन्छन् । सामाजिक आन्दोलनमा लाग्ने व्यक्तिको रुपमा पनि चिन्छन् उनलाई । उनी अहिले राजनीतिकर्मी पनि भएका छन् । तर, जनतालाई सबै प्रकारको सेवा सुविधा र अधिकार दिने भन्दै आन्दोलनमा लागेका मोसा आफैं भने अधिकारविहीन भएका छन् ।
उनी डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सचिवालयका आमन्त्रित सदस्य हुन् । उनले आस्था राखेको नयाँ शक्ति संघीय समाजवादी फोरमसँग एकता गर्न नपाएर छट्पटिएको छ, विछिप्त बनेको छ । अब के गर्ने भन्ने अन्योलमा छ । अहिले जसरी उनको आस्थावान पार्टी दोधारमा परेको छ, त्यसरी नै उनको जीवन पनि त्यसरी नै दोधारमा परेको छ ।
उनको पार्टीले शक्तिमा पुग्न कुनै न कुनै पार्टीसँग एकता गर्न सक्ला । कार्यगत एकता पनि गर्न सक्ला । यदी कसैसँग विचारमा नमिले जेनतेन बिचारवान नभए पनि संसदवादी पार्टी बनेर चुनावमा भाग लिइरहला । तर, उनले यो बेला मृत्युलाई जित्न सके भने मात्र फेरि दलित अधिकारका कुरा गर्न पाउँलान् ।
किन पत्याएन दुतावासले ?
उनको मुटुमा प्वाल परेको छ । नेपालमा चिकिसकहरुले नेपालमा मुटुमा भएको प्वाल टाल्न असम्भव भएकाले बिदेशका सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न सिफारीस गरेको छ ।
उनको उपचारका लागि अमेरीकामा रहेको नेपालीहरुको संसथा गैरसरकारी संस्था ग्लोबल नेपालले पहल ग¥यो । अमेरीकाको बफेल्लो सिटीको बफेल्लो मेडिकल सेन्टरले सबै निःशुल्क उपचार गरिदिने प्रतिवद्धता सहितको पत्र बोकेर उनी अमेरीकन दुतावासमा पुगे । सो सेन्टरले मुटुको निःशुल्क अप्रेसन गरिदिने र मुटुमा राखिने डिभाइस पनि निःशुल्क दिने भनेर सबै कागजात पठाएको थियो ।
त्यो पत्र पाएपछि धेरै बाँचेर उत्पीडनमा परेका समुदायका लागि जीवन समर्पित गर्ने साहस बटुलेका थिए । तर, अमेरीकन दुतावासले ‘फर्किने आधार देखिएन’ भन्दै भिसा दिएन । ‘अरू केही होइन, मेरो दाह्री जुँगा हेरेर भिसा नदिएको हो’ उनले भने, ‘मलाई अमेरिका बस्नु छैन, स्वदेशमा नै बाँचेर दलित हकहितका लागि केही गर्नु छ ।’
जसको कारण उनलाई ब बाँचौला लागेको छैन । तर, उनले जीवनबाट कहिले हरेस भने खाएका छैनन् । अमेरिकास्थित अस्पतालका चिकित्सकले उपचारका लागि ६ महिनाभित्र आउन पत्र पठाएका थिए । ६ महिनाभन्दा ढिला गरे यसै भन्न नसकिने बताएका थिए । त्यो समय गुज्रिसकेको छ ।
खासगरी क्रिश्चियन धर्म मान्नेहरुलाई अमेरीकाले भिसा दिन आनाकाँनी गर्दैन । तर, उनलाई उपचारमा जान पनि भिसा दिएन । उनलाई उपचारमा सहयोग पु¥याउन देश विदेशमा रहेका नेपालीहरुले सहयोग संकलन गरिरहेका छन् । तर, सरकारले पहल गरेको छैन ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचारका लागि आवश्यक प्रवन्ध मिलाउन स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्यो । तर, त्यो पत्रको कुनै सुनुवाई नै भएन । ‘जे भए पनि मलाई निःशुल्क उपचारको वातावरण मिलाइदिए हुन्थ्यो’ उनले भने, ‘राज्यले पहल गरेमा मेरो उपचार सम्भव छ ।’
बाँचे ठीकै छ, नबाँचे गुनासो छैन
उनी अहिले भारतको एपोलो अस्पताल जाने तयारीमा जुटेको छन् । उनलाई दुतावसले भिसा दिएको भए २ लाख नेपाली रुपैयामा उनले आफ्नो ज्यान बचाउन सक्थे । तर, अहिले उनलाई उपचार गर्न एपोलो हस्पिटलले फोनमा ३८ लाख जति खर्च चाहिन्छ भनेको छ । तर, उनी सुकुम्बासी नेता हुन् । त्यो जुटाउन उनलाई हत्केलाले सूर्य छेक्नुसरह भएको छ ।
उनले पटकपटक जीवन बचाउन अपिल गर्दै आइरहेका छन् । उनले अहिलेसम्म ९ लाखको हाराहारीमा खर्च गरिसकेको छन् । यो सबै खर्च वीर हस्पताल, टिचिङ, गंगालाल, पाटन हस्पिटलमा उपचार गर्दा लागेको हो ।
अहिले ७१ हजार रुपैया पैसा बोकेर जान लागेका छन् । उनले त्यो पैसा पनि अमेरीकामा बस्ने प्रयासजंग पुनले ६१ हजार र सुशीला मगरले पोखरा १० हजार पठाएका छन् । ‘त्यही पैसाले प्रारम्भिक उपचार गरेर आउने तयारीमा छु’ उनले भने, ‘त्यहाँ उपचार गर्दा बाँचे ठिकै छ, नबाँचे पनि अहिलेसम्म मैले मेरो समाजका लागि सायद केही गरेको छु, मर्दा नि आपत्ति मान्नु नपार्ला ।’
प्रतिकृया दिनुहोस