उस्तै छ जोखिम, उस्तै छ फोप्लीबासीको पीडा

एक वर्षसम्म पनि पीडा कम हुन सकेको छैन

Pyuthan pahiro

प्यूठान । जतिखेर पानी पर्न थाल्छ, त्यतिखेर फोप्लीका मानिसको निद्रा टुट्छ । उनीहरुलाई वर्षा लाग्ने बित्तिकै उही पुरानो घाउले बल्झाउँछ । अर्थात् १० साउनले सधैं पिरोल्ने गर्छ ।

उत्तरी प्यूठानमा वर्षायाम सुरु भएसँगै पहिरोको जोखिम र त्रास त बढ्छ नै, फेरि पहिरोले एकै छाक बनाउने हो कि भन्ने चिन्ताले सताउँछ । फोप्लीमा पहिरो गएको १ वर्ष बितिसकेको छ । तर, अहिले पनि स्थानीयहरु ढुक्कले निदाउन सकेका छैनन् ।

२०७३ साउन १० गते मध्यरातमा आएको अविरल वर्षा सहितको बाढी र पहिरोले फोप्ली, बहाने, खवाङ, पुजा, अर्खा, रजवारा लगायतका गाउँहरु तहसनहस बनाएको थियो । मध्यरातमा आएको पहिरोले फोप्लीमा मात्रै २७ जनाको लिएको थियो । त्यसबेला १ बेपत्ता भएका थिए, जो अझैं भेटिएका छैन् । पहिरोले फोप्लीका ७८ घर परिवार विस्थापित भएका थिए ।

घटनाको एक वर्ष पुग्न नपाउँदै फेरि त्यहि श्रृंखला दोहोरिन थालेको छ । हाल यहाँ हल्का पानी परे पनि कहालिलाग्दो पीडा झेलेका बाढी पहिरो पीडितहरु फेरि ति दिन दोहोरिने त्रासमा रहने गरेको फोप्लीका सामाजिक परिचालक युवराज भण्डारी बताउँछन् ।

जनता आवास कार्यक्रममार्फत निर्माण भएका घरहरुसमेत पहिरोको जोखिममा परेका छन् । जसका कारण स्थानीयबासी थप त्रसित बनेका छन् । ‘त्यस्तो रात कहिल्यै नआओस’, पहिरो पीडित नवराज बुढाथोकी भन्छन्, ‘सबथोक गुमायौ, एक वर्षसम्म पनि पीडा कम हुन सकेको छैन ।’

त्यो दिन, कहाली लाग्दो दिन
गएको १० साउनको मध्यरात कहाली लाग्दो रात बनेर आयो । जसले सारा प्यूठानबासीहरुलाई कहिले निको नहुने चोट दियो । त्यो साउने झरीले धेरैको घर पुरियो, मन चिरियो । धेरै घर परिवार विस्थापित भए ।

पहिरोसँगै स्थानीयका खुसी र सपना बगेर गए । एउटा सुन्दर मानव बस्ती खण्डहर बन्यो । धेरै जना साहराविहीन बन्न पुगे । जिल्लाकै सबैभन्दा बढी मानिस बसोवास गर्ने गाउँ बस्ती फोप्लीसहित अन्य गाउँका घरहरु पनि ढले । पहिरो गएको वर्ष यहाँका स्थानीयले त्रास, शोक, भोक, रोदन, वेदना, छटपटी र पीडा बेहोर्न पुगे ।

साउन ८ देखि सुरु भएको वर्षा १० गते साँझसम्म निकै बाक्लिएको थियो । घरका छाना समेत पानीका थोपाले चुहिन थालेका थिए । कतिपय फुसका छानामा त पानीको खाल नै परेको थियो । आकासबाट बर्सिएको पानी धाराबाट आउने पानीभन्दा पनि ठूलो थियो । रात छिप्पिदै गयो, त्यती नै आकाशबाट पानी दर्किन्थ्यो । ९ बजेदेखि भारी वर्षा भयो । निरन्तरको वर्षालाई यहाँको भिरालो जमीनले थेग्नै सकेन । गाउँलेले मध्य रातमा घर बाहिरसमेत निस्कने मौकासमेत पाएनन् ।

मुसलधारे पानी परे पनि यसरी पीडा दिने पहिरो आउला भन्ने स्थानीयले सोच्नसमेत पाएनन् । आखिर त्यहि नसोचेकै कुरा भएरै छोड्यो । एकाएक ठूल्ठूला पहिराहरु जान थाले । जमिनमा पानीका मुल निस्कन थाले । पहिरोसँगैै घरहरु बग्न थाले ।

अँधेरी रातमा नरोकिएको मुसलधारे वर्षामा कतै भागेर जाने ठाउँ नै थिएन । बारीको पाटा, ढिक, कान्ला र बाटाहरु सबै ठाउँ पहिरोले आफ्नो बास बनाइसकेको थियो । रातको १ नबज्दै कयौंलाई पहिरोले बगाइसकेको थियो । फोप्ली –३, चारिवाङमा पहिरोले पुरिएर २६ जनाको ज्यान गइसकेको थियो । ती मध्ये १७ जना एउटै कुल घरानका थिए । सिंगो गाउँ नै शोकमा डुब्यो ।

भाग्यले बाँचेकाहरु बीच गाउँको अम्विका माध्यमिक विद्यालयमा भेला भए । पीडामा परेर सदरमुकाममा उद्वारका लागि अपिल गर्दा सुरुमा कसैले पत्याएनन् । नपत्याएर के गर्नु ? आखिर १० साउनको मध्यरात, फोप्लीका लागि पीडादायी दिन बनेकै रहेछ ।

खोई सुरक्षित आवास ?
त्यो कहालीलाग्दो घटना भएको १ वर्ष पुग्न लागेको छ । तर, आजको दिनसम्म पहिरो पीडितको जीवन फेरिएको छैन । गाउँबस्ती तत्काल पुरानै अवस्थामा फर्कने अवस्थामा छैन । सुन्दर गाउँ फोप्ली अझैं खण्डहर छ । उत्तरी प्यूठानको पीडा बोकेर लुङ खोला अविरल बगिरहेछ ।

साउन १० गतेदेखि सुरु भएको पहिरोले गाउँ नै विस्थापित भएकाहरुले अझैं सुरक्षित ठाउँसम्म पाएका छैनन् । प्रशासनले मृतक परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराए पनि विस्थापितहरु दयनीय अवस्थाबाट मुक्त हुन सकेका छैनन् ।

पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुकम्प पीडित सरह सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाए पनि पहिरो पीडितहरुका लागि ‘आकासको फल आँखा तरी मर’ भनेजस्तै भएको छ ।

प्रधानमन्त्री आफैंले गरेको प्रतिबद्धता पूरा नगरेकोमा स्थानीयको गहिरो चित्त दुखाई छ । त्यसबेला प्रधानमन्त्री दाहालले असोजमा यहाँ आएर घर निर्माणका लागि तत्काल ३ लाख रुपैयाँ अनुदान र सहुलीयतमा ५ लाख ऋण दिने घोषणा गरेका थिए । तर, त्यसबेला दसैं खर्च १५ हजार रुपैयाँ बाहेक पीडितले अरु केहि पाएका छैनन् ।

आवासको आश्वासन मात्र
पहिरोले सडकमा पु¥याएपछि पीडितलाई सरकारले आवासको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको थियो । तर, अहिलेसम्म पीडितले आवास पाउन सकेका छैनन् । तर, जिल्ला प्रसासन कार्यालयले पहिरो पीडितको पुनर्वासका लागि आवास निर्माणको काम भइरहेकोे बताउन छाडेको छैन ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगोलिक अध्यनपछि सुरक्षित स्थानमा घर निर्माण गर्ने काम गरिएको बताउँछन् । अहिलेसम्म ६० वटा घर निर्माण भइसकेको छ । तर, अझैंसम्म पीडितले त्यो घर पाएका छैनन् । ती घर सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा र कारितास नेपालको सहयोगमा फुलवारी एकीकृत ग्रामीण विकास संस्था नेपालमार्फत आवासगृह बनाइएको हो ।

डिभिजन कार्यालय रोल्पामार्फत जनता आवास कार्यक्रमअन्तर्गत २० विपन्न दलित परिवार र फुलवारीमार्फत ४० घर निर्माण गरिएको छ । पीडितमध्य १० परिवारले आफैं आवासको व्यवस्था मिलाएका छन् । जिल्ला दैवि प्रकोप राहत तथा उद्धार समितिले बाँकी ७ परिवारको व्यवस्थापन गर्न जग्गा किन्ने निर्णय गरिएको प्रजिअ पौडेले बताउँछन् । वर्षातपछि तत्काल उनीहरुको आवासको व्यवस्था गरिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...