बर्षे बिदामा पनि निरन्तर विद्यालय सञ्चालन

Jajarkot

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै जाजारकोटका १६ विद्यालयले बर्षे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् ।

चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।

पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय खर्चने र शिक्षकले पनि काम नपाउने भन्दै आफूहरु विद्यालय खोलेर बर्खे बिदा नलिएको कालिका प्रावि डाँडागाउँका प्रधानाध्यापक ठाकुरनाथ शर्माले बताए ।

शिक्षकहरु विद्यालयमा बिदा नलिएरै पढाउन आएपछि विद्यार्थी पनि विद्यालयमा खुसीका साथ आएको उनले बताए ।

त्यस्तै घरमा जान आउन समयलाग्ने तर विद्यालय र घरको काम दुवै नहुने भन्दै बर्खे बिदामा विद्यालय खोलेर पठनपाठनमै समय बिताउने निधो गरेको मालिका प्रावि सुगुरखालका प्रधानाध्यापक शान्तबहादुर रोकायाले बताए ।

असार १५ देखि साउन १५ सम्म विद्यालय बन्द गर्ने निर्णय सरकारी नियम भएपनि यहाँका विद्यालयले त्यो बिदा नलिएर विद्यालय खोलेर नियमित अध्यापन गर्दा अहिले यहाँका सबै विद्यालय सिको गर्ने मोडमा पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत यज्ञश्वर खत्रीले बताए ।

नियमित विद्यालयमा नआउने र कामचोर शिक्षकलाई यहाँका १६ विद्यालयका शिक्षकले विद्यालय खोलेर गतिलो पाठ सिकाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

विद्यालय बन्द हुन्छ भनेर घरघरमा बसेका विद्यार्थीलाई समेत घरघरमा गएर शिक्षकले विद्यार्थी विद्यालयमा ल्याउने काम भएको लाइटफ्यूचर आधारभूत विद्यालय टालेगाउँका शिक्षकले बताए ।

घरघरमा पुगेर विद्यार्थी विद्यालयमा ल्याएको देख्दा अन्य विद्यालय नखोल्ने विद्यालयका शिक्षकसमेत अब हामी पनि विद्यालय खोल्छौँ भन्दै धमाधम खोल्नतर्फ लागेको जिशिअ, सिंहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...