अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद
इलाम । इलामको देउमाई नगरपालिकामा ९४ थान अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद भएको देउमाई नगरपालिकाका निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताए ।
निर्वाचन अधिकृत दाहालका अनुसार देउमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग क मतदान केन्द्रको मतपेटिकामा ९४ थान अर्धकट्टीसहितको मतपत्र भेटिएको हो । यो मतपत्रलाई गन्ने की नगन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
प्रतिकृया दिनुहोस