मतदानको पुर्व सन्ध्यामा नै धनकुटामा बम बिस्फोट
मतदाताहरु त्रसित
धनकुटा । दोस्रो चरणको निर्वाचनको पुर्व सन्ध्यामा धनकुटाको पाख्रिबासमा बम बिस्फोट भएको छ ।
मतदातालाई त्रसित बनाउने गरि आज बिहानपाख्रिबास ७ जलटारमा नेकपा माओवादीले बम बिस्फोट गराएको हो ।
तर अहिले सम्म बिस्फोटको जिम्मेवारी कसैले लिएको छैनन् । यसरी मतदान हुनु अगावै बम बिस्फोट भएपछि मतदाताहरु मतदान केन्द्र सम्म पुगेर फर्किन कठिन अवस्था रहेको हो ।
सो बिस्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । यस अघि धनकुटाको सबै मतदान केन्द्रमा मतदान सुरु भएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस