यो वर्ष मनसुन चाँडै सुरु हुने सम्भावना

Pani prirheko

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष चाँडै मनसुन सुरु भएको र असार १४ गते देश निर्वाचनका दिन देशभर भीषण वर्षा हुने सम्‍भावना रहेको जनाएको छ।

सामान्यतया १५ जुनबाट मनसुन सुरु हुने भए पनि यस वर्ष भने नेपालमा मनसुन चाँडै हुने भएकाले असार १४ गते देशभर भारी वर्षा हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।


जसले गर्दा असार १४ गते देशभर मनसुन सक्रिय रहने संभावना देखिएको छ । दक्षिण एसियामा मनसुन बङगालको खाडी हुँदै उत्तर(पूर्वितिरबाट अगाडि बढ्ने गर्ने र नेपालमा प्रवेश गर्ने गर्दछ ।

हाल सम्मको मौसमको नक्सा तथा भू(उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्यभागसम्म मनसुन विकसित भइरहेको र अब केही दिनमै नेपालको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गर्ने हुँदा केही दिन अगाडि नै मनसुन भित्रने अनुमान रहेको मौसमविद् श्रेष्ठले बताए ।

यस्तै, पूर्वी मनसुनको संघारमा रहेकाले नेपालमा अहिले मौसम बदलीसँगै वर्षात भइरहेको र यसका साथै बंगालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार असपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असर स्वरुप अहिले नेपालको धेरै स्थानमा मौसम बदली भइरहेको समेत मौसमविद् श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...