लुगा सुकाउने क्रममा करेन्लको एक महिलाको मृत्यु

Electrical

झापा । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
शव मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिने प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...