भूकम्प गएको दुई वर्ष पछि आवास अनुदान सुरु

Anudhan rakm

खोटाङ, । भूकम्प गएको दुई वर्ष पछि खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि उनीहरुलाई पहिलो किस्ताबापतसस ५० हजारका दरले पहिलोपटक अनुदान बाँड्न थालिएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रविकिरण आचार्यले बताए ।

सालपा विकास बैंकको कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले ऐसेलुखर्क गाउँपालिका– २ बाकाचोलका भूकम्पपीडित रिमानसिं तामाङलाई चेक हस्तान्तरण गरेर अनुदान रकम वितरणको सुरुवात गरेका छन् ।

सालपा र सेञ्चुरी कमर्सियल बैंकबाट एक हजार ३५४ लाभग्राहीलाई आवास अनुदान रकम वितरण गरिने जनाएको छ । सालपा विकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५१८ लाभग्राहीलाई आवास अनुदान रकम वितरण हुने बताइएको छ ।

यस्तै, सेञ्चुरी कमर्सियल बैंकबाट केपीलासगढी र लामिडाँडा गाउँपालिकाका ८३६ लाभग्राहीलाई आवास अनुदान रकम वितरण गरिने कार्यक्रम अधिकृत आचार्यले बताए ।

बैंक अफ काठमाडौँबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय वाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योति विकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राहीलाई तथा खोटाङबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान रकम वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...