बाढी पहिरोमा परी ९१ को मृत्यु

११० अझै वेपत्ता, खोजी कार्य जारी

Rss images 1495810072626 808117 01 02

कोलम्बो (श्रीलंका) । श्रीलङ्कामा आएको भिषण मनसुनी वर्षातपछि आएको बाढी र पहिरोमा परी शुक्रबार कम्तीमा एकानब्बे जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

श्रीलङ्काको प्रशासनले दिएको सूचनाअनुसार बाढी र पहिरोमा अन्य ११० जना बेपत्ता भएका छन् ।

हामीले बाढी र पहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौँ विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएका छौँ तर क्षति त्यस पहिले नै भएकाले उद्धारलाई शसक्त पारिएको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका उच्च अधिकारीले बताएका छन् ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा बेपत्ता भएका नागरिकको उद्धार जारी राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...