सरकारका प्रमुख भाडाको घरमा बस्न बाध्य
जाजरकोट, । सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।
जिल्लाका सातवटा स्थानीय तहमा भवन नहुँुदा जनप्रतिनिधि भाडाको घरमा बस्न थालेका छन् । कतै भने जनप्रतिनिधि बस्न र कार्यालय सञ्चालन गर्ने उचित भवन नपाउँदा समस्या भएको छ ।
प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष समेतलाई कार्यालय सञ्चालनमा समस्या भएपछि अन्य वडाध्यक्ष थप समस्यामा परेका छन् ।
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिकामा समेत भवन नहुँदा भाडाको घरमा प्रमुख र उपप्रमुखको कार्यालय स्थापना गरिएको छ । नेपाल राजपत्रमा मन्मैलाई केन्द्र तोकी पठाएको भएपनि जिल्लाका राजनीतिक दलले दल्लीलाई केन्द्र बनाउने निर्णय गरेपछि विवाद भएको हो ।
त्रिवेणी नलगाड नपामा केन्द्र कहाँ हुने भन्ने विवाद कायम छ । लहँ, डाडाँगाउँले दल्लीमा केन्द्र बनाउनुपर्ने दाबी गर्दैै आएका छन् भने खगेनकोट, रग्दा र भगवतीले मन्मैमा केन्द्र बनाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस