शव पहिचान गर्न नसक्दा समस्या

शव ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुन सक्ने आशंका

Mrityu 2

रसुवा, । गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजना करिब ३०–३५ वर्षीय पुरुषको शव ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ ।

करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ ।

रसुवामा जेठ १२ गतेका दिन दुई व्यक्ति निधन भएकामा अर्का एकजनाको गोसाइँकुण्डमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...