पर्यटन प्यवसायी बिके श्रेष्ठको निधन
काठमाडौँ, । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा निधन भएको छ ।
अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिए ।
¥याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गरेका थिए ।
हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलको व्यावसायिकीकरण गरी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका छ । श्रेष्ठका श्रीमती र तीन छोरी छन् ।
¥याडिसन होटलमा श्रद्धाञ्जलिका लागि उनको शव राखिएको छ । अपराह्न उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
प्रतिकृया दिनुहोस