२ खर्ब २५ अर्ब ९१ हजार स्थानीय तहमा दिइने
काठमाडौं । सरकारले गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका तथा महानगरपालिकालाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म अनुदान दिने भएको छ ।
जस अनुसार गाउँपालिकाले १० करोडदेखि ३९ करोड, नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म, उपमहानगरपालिकालाई ४० करोडदेखि ६३ करोडसम्म र महानगरपालिकालाई ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म अनुदान दिइने वजेटमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्थानीय तहमा पठाइने अनुदान रकमको घोषणा गरेका हुन् ।
सरकारले धेरैजसो मन्त्रालयहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने कार्यक्रमहरु पनि स्थानीय स्तरलाई नै जिम्मा दिइएको छ।
प्रतिकृया दिनुहोस