धादिङको गोलाभञ्ज्याङ बस दूर्घटना

काठमाडौं । धादिङको गोलाभञ्ज्याङमा बस दूर्घटना भएको छ । सदरमुकाम धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ग १ ख ३८०५ नम्बरको स्कूल बस दूर्घटनामा परेको हो ।

सो दूर्घटनामा परी केहीले ज्यान गुमाएको आशंका गरिएको छ । गाडीमा खचाखच यात्रु रहेकोले धेरै मान्छे हताहत भएको आशंका गरिएको हो ।

सो बस गोलाभञ्ज्याङभन्दा केही तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगिनसकेकोले थप जानकारी नआएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...