श्रेया इन्टरप्राइजेजमा आगलागी एक प्रहरी घाइते

Aago lagi

बाँके । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको श्रेया इन्टरप्राइजेज फर्निचर पसलमा आगलागी भएको छ । नजिकैको होटलमा मान्छे रहेको आशङ्काले उद्धारमा जाँदा एक समेत प्रहरी घाइते भएका छन् ।

घाइते भएका तालिम केन्द्रका प्रहरी निराजन विकको नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।

करिब ९ बजे भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो विद्युत् सर्ट भएर लागेको आशङ्का गरिएको छ ।

पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचर लगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पसललाई समेत क्षति पु¥याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...