इच्छुकको स्मृतिमा पत्रकार जियमसहित अन्य पुरस्कृत
दाङ । पत्रकार तथा साहित्यकार कृष्णसेन ‘इच्छुक’को १५ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील पत्रकार संघका महासचिव उदय जियमसहित तीन जनालाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ उदय जिएमलाई ५ हजार राशिसहित सम्मान गरेको हो ।
त्यसैगरी प्रेस सेन्टर नेपाल दाङले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार नरेन्द्र केसी र जनसांस्कृतिक महासंघले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति साहित्य पुरस्कार’ साहित्यकार नदीराम केसीलाई १०/१० हजार रुपैया नगदसहित सम्मान गरिएको छ ।
प्रतिकृया दिनुहोस