करेन्ट लागेर बालकको मृत्यु एक घाइते
म्याग्दी, । मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका नवीनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अर्का घाइते हिमालको भने उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस