जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए

Sadak news

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए ।

‘सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका-७ र ८ का बासिन्दाले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन्’, उनले भने, ‘यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो ।’

विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईँले बताए । सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्रोभेलसम्म गर्ने योजना रहेको उनले जानकारी दि ए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...