धनकुटामा भरुवा बन्दुकसहित २ जना पक्राउ

धनकुटा । प्रहरीले धनकुटाको साँगुरीगढीबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ८, सिन्कुलामा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले २ जनालाई हिजो राती ११ः४५ बजेतिर १ नाले भरुवा बन्दुक १ थान र बारुदसहित पक्राउ गरेको हो ।
प्रहरीले ढुंग्रेबाट सिन्कुला आउँदै गरेको प्र–१–०२–०४७ प १८८० नम्बरको मोटर साइकललाई रोकी जाँच गर्दा १ नाले भरुवा बन्दुक १ थान र बारुद फेला परेपछि मोटरसाइकलमा सवार साँगुरीगढी गाउँपालिका वडा नं. ८, सिन्कुलाका ३२ वर्षीय तेज कुमार बिक र चालक ३८ वर्षीय मनभा राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।
मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुबै जनालार्ई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस