राप्रपा नेता मिश्र र राणासहित ११ जनालाई ५ दिनको म्याद थप, बुधबार पुनः अदालतमा उपस्थित गराइने

राजावादी आन्दोलनमा कसलाई कुन मुद्दा छ ? यस्तो छ सुची

Rabindra mishra court

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनालाई अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । पहिलोपटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीनवटा कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रबारयता पक्राउ परेका सबैलाई मंगलबारसम्म थुनामा राख्न पहिलोपटक अनुमति दिएको छ । अब प्रहरीले थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ ।

उनीहरूले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए ।

प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैँले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आपराधिक गतिविधि गर्दा घरमा रहेका नगद, जिन्सी सरसामानहरूमा क्षति पुर्‍याई, लुटपाट तथा आपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरूमा समेत आगजनी गरी आतङ्कित पारेको र पूर्वयोजना अनुसार संगठित तवरले आपराधिक घटना घटाएको भन्दै प्रहरीले तीनवटा मुद्दामा अनुसन्धान गर्न अनुमति माग गरेको छ ।

साथै, तीनकुनेस्थित एउटा घरमा भित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै सञ्चारकर्मी प्रस्ट रूपमा देखिने गरी रिपोर्टिङ गरिरहेको अवस्थामा आगो लगाई ज्यान लिएको समेत प्रहरीले अदालतसमक्ष पेस गरेको छ ।

कसलाई कुन मुद्दा ?

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...