भाटभटेनी लुटपाटमा संलग्नहरु धमाधम पक्राउ पर्दै, लिपिस्टिक र गाजल लुट्ने पनि पक्राउ

Vatvateni lutpat

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड भयो । २ जनाको ज्यानै गयो । ठाउँठाउँमा लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

सो घटनामा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले पक्राउ परेका सबैको विवरण पनि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् ।

उता हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् । ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिसा राई, क्यारेट लुटमा संलग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् । फलफूल लुटमा संलग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् ।

उता भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...