महायज्ञ गर्न दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटे लगत्तै गरे विजय उत्सव

Shivaji dilip yadav siraha

सिरहा । महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटी रिहा भएका छन् ।

शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको आदेशमा जनही एक लाख रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । धरौटीमा छुटेपछि उनीहरुले विजय उत्सव मनाएका छन् । जिल्ला अदालतबाट धरौटीमा रिहा भएका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवले विजय उत्सवको झल्को दिने गरी शुक्रबार र्‍याली गरेका हुन् ।

जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा यही चैत ८ गते पक्राउ परेका उनीहरुविरुद्धको मुद्दामा शुक्रबार अदालतमा थुनछेक बहस भएको थियो । अदालतले उनीहरूलाई १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको स्रेस्तेदार नीरज पोखरेलले बताए ।

गत १० फागुनमा औरही -५ का दीपक मल्लिक ९डोम० को घर महायज्ञका लागि डोजर लगाएर भत्काइएको थियो । सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्षलाई प्रहरीले ८ चैतमा पक्राउ गरेको थियो । घटनाको मुख्य योजनाकार मानिएका महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन् ।

अदालतमा धरौटी बुझाएर रिहा हुनु भनेको लागेको मुद्दाबाट मुक्ति पाउनु होइन । अभियुक्त मुद्दा किनारा नलागेसम्म कानुनी प्रक्रियामा बोलाइएको बखत अदालतमा हाजिर हुने कुराको सुनिश्चित गर्नका लागि धरौटी लिइन्छ । अदालतले बोलाएको समयमा अभियुक्ति उपस्थित नभएको खण्डमा धरौटी जफत नै हुन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...