राजावादीको आन्दोलन : प्रहरीको गोली लागी घाइतेको मृत्यु, राजावादीले आगो लगाएको भवनमा जलेर पत्रकारको मृत्यु

प्रदर्शनका क्रममा प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते

Rajabadi protest 2

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन् ।

राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जिउँदै जलेर पत्रकारको मृत्यु भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् ।

यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।

गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

गृह मन्त्रालयका सह सचिव छवि रिजालका अनुसार मृत्यु हुनेमा किर्तीपुरका २९ वर्षिय सविन महर्जन रहेका छन् । तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो ।

प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सा‌ंघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

काठमाडौँको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेको छ । पूर्वराजाका समर्थकहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगनजी गरेका हुन् ।

यसअघि समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए भने पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड र आगजनी गरेका थिए । त्यस्तै, पेरिसडाँडा क्षेत्र अहिले पनि तनावग्रस्त छ । प्रदर्शनकारीहरूले नेकपा (माओवादी केन्द्र) को कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् ।

त्यस्तैगरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी राजावादी प्रदर्शनकारीले जलाइ दिएका छन् । संसद भवनबाट भक्तपुर घरतर्फ फर्किरहेका उनलाई बालकुमारीस्थित सिसिआरसी कलेज नजिक राजावादीहरुले रोकेर गाडी जलाएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...