एमाले अखिल धनकुटाद्धारा सम्मान र बधाई ज्ञापन

धनकुटा । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी धनकुटाले नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत र हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्वबियु निर्वाचनमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिएको छ ।
आज धनकुटा बहुमुखी क्याम्पसमा एक कार्यक्रममको आयोजना गरी धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने आउने नयाँ विद्यार्थी चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा निर्विरोध निर्वाचित भएका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको हो ।
स्ववियु निर्वाचनमा अनेराव्यवियुका युवा तिमिल्सना, हिले क्याम्पसका विशाल तितुङ लगायतको टीमलाई सम्मान गरिएको अनेरास्ववियु धनकुटाका अध्यक्ष युवा तिमिल्सनाले जानकारी दिए ।
सो कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य सावित्रा राई, नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बु, एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छारा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस