क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान तीव्र

Krantikari parti dkt

धनकुटा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पूर्वको पाँचथरबाट शुरु गरेको जनसम्बन्ध विस्तार अभियान तीव्र बनाउँदै गएको छ । विभिन्न ४ वटा समुह बनाएर पाँचथरको चिवाभन्ज्याङबाट यही चैत्र ४ गतेबाट शुरु भएको सो अभियान धनकुटा आइपुगेको छ ।

टोली नं. १ को नेतृत्व गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य राम सिंह श्रीस सहितको टोली धनकुटा आइपुगेको हो । सो टोलीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल धनकुटाका संयोजक गोपाल बहादुर विश्वकर्माले स्वागत गरेका छन् ।

पाँचथर, तेह्रथुम हुँदै सो टोली आज धनकुटाको छथरजोरपाटी गाउँपालिका हुँदै धनकुटा आइपुगेको हो । सो टोलीमा पोलिटव्यूरो सदस्यहरु चन्द्रहरी सुवेदी, शारदा महत, सुरेन्द्र भण्डारी, केन्द्रिय सदस्यहरु इश्वर तिमिस्सिना, टेकबहादुर विश्वकर्मा, बालकृष्ण सुवेदी, धनमाया निरौला अनु, दोर्जी शेर्पा, डिल्लीराम बोहोरा लगायत सहभागी छन् ।

सो टोली धनकुटामा ३ दिनसम्म रहने छ । सो अवधीमा विभिन्न पार्टीका नेताहरुसँग अन्तरक्रिया र छलफल, जनसभा, कोणसभा, भेटघाट, वाल पेन्टिङ लगायतका कार्यहरु गर्ने सुचना तथा प्रकाशन विभाग सचिव धनमाया निरौला अनुले जानकारी दिइन् ।

मोहन वैध नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी, हेमन्त प्रकाश ओली नेतृत्वको नेकपा बहुमत र सन्तबहादुर नेपालीले नेतृत्वको नेकपा मसालबीच गत मंसिर १३ देखि २३ गतेसम्म एकताको विषेश महाधिवेसन गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गठन भएको थियो । त्यसयता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संगठन विस्तार अभियान पनि तीव्र बनाउन थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...