नेपाल शिक्षक संघको जिल्ला प्रतिनिधिसभा सम्पन्न

Sikshyak dkt news

धनकुटा । नेपाली कांग्रेस निकट रहेको नेपाल शिक्षक संघको जिल्ला प्रतिनिधिसभा आज धनकुटामा सम्पन्न भएको छ ।

सो प्रतिनिधिसभाले शिक्षक संघका पूर्वअध्यक्षहरु इश्वरी प्रसाद अधिकारी र विश्वनाथ दाहाललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यसैगरी प्रावि तहमा प्रथम श्रेणीमा बढुवा हुनुभएका शिक्षकहरु झमक कटुवाल, रामचन्द्र अधिकारी र केशर गुरागाईलाई पनि सम्मान गरेको छ ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरप्रसाद लिम्बुको अध्यक्षतामा भएको सो जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरिकुमार राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष तेज प्रसाद चौलागाई, प्रदेश उपाध्यक्ष रामकुमारी भण्डारी, शिक्षाकर्मी सहकारी संघका अध्यक्ष हरीप्रसाद दाहाल लगायतले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकहरुले नै पर्याप्त पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...