चिप्ले पाखा सामुदायीक वनको ३८ औं साधारणसभा सम्पन्न

Chiple pakha news

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ मा रहेको चिप्ले पाखा सामुदायीक वन उपभोक्ता समितिको ३८ औं साधारणसभा सम्पन्न भएको छ ।

चिप्ले पाखा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष हिक्मतबहादुर भण्डारीको अध्यक्षतामा भएको सो साधारणसभामा जेष्ठ नागरिकहरु बमहादुर दाहाल र कमलादेवी श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरी एसइइमा उत्कृष्ठ अंक ल्याउने विना मादेन र दिनेश भण्डारीलाई सम्मान गरिएको छ ।

महालष्मी नगरपालिका वडा नं. ८ का वडा अध्यष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको सो साधारणसभामा सव डिभिजन वन कार्यालयका कर्मचारी आयुष्मा गहतराज लगायतको उपस्थिती रहेको थियो । सो साधारणसभाले हिक्मतबहादुर भण्डारीकै अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...